राजदूतको योग्यताबारे रावलको टिप्पणी, ‘नेपालको कूटनीतिक क्षमता सुदृढ हुनुपर्छ’

185

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुन अत्यावश्यक रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् नेता रावलले अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुन अत्यावश्यक रहेको बताएका हुन् ।

उनले मन्त्री भइसकेको व्यक्तिले राजदूत हुन स्नातक हुन नपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार गैरजिम्मेवार बनेको बताएका छन् ।

“अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ । तर, मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुन नपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको छ। कति गैर जिम्मेवार सरकार !” रावलले ट्विटरमा लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...