काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइनबाट परीक्षा फारम भर्ने समय बढाएको छ ।
त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुका लागि अनलाइनबाट परीक्षा आवेदन फारम भर्न सक्ने समय बढाएको हो । यो निर्णयसँगै अब असार ७ गतेसम्म परीक्षा फारम भर्न सकिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै स्नातक तहको प्रथम वर्षको परीक्षा आवेदन फाराम असार ७ गतेसम्म अनलाइनबाट भर्न सक्ने जनाएको छ ।
स्नातक तहको प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भर्ने समयभित्र अझै केही क्याम्पस तथा विद्यार्थीहरुले अनलाइनमा फाराम भर्न नसकेको भन्ने गुनासो आएपछि समय थप गरिएको त्रिविले जनाएको छ ।