नागरिकता मधेसको मात्र समस्या होइन, यसबारे भ्रम फैलाउने काम भयो : शेखर कोइराला

312

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नागरिकता मधेसको मात्र समस्या नभएको बताएका छन् । तर, नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए ।

शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस मन्थनः नेपाली कांग्रेस र मधेस’ कार्यक्रममा नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक शंका नर्गन आग्रह गरे । २०६३÷६३ सालपछि नेपालमा वितरण भएको नागरिकताको तथ्याङ्क सुनाउँदै उनले भने,“देशभर २६ लाख १७ हजार नेपालीले नागरिकता पाएका छन् । १३ लाख नागरिकता पहाड र हिमालमा बाँडिएको छ ।”

उनले अघि भने,“जम्मा १२ लाख मधेस र तराईमा हो । यसमा पनि पहाडबाट मधेस झरेका छन् । बाँकी १ लाख १७ हजार चाहिँ १५ वर्ष नेपालमा बसेका नागरिकका सन्तानलाई जन्मसिद्धका आधारमा दिइएको छ । तर, २० लाख त मधेमा मात्रै बाँडियो भनेर भ्रम फैलाइयो ।”

तर, सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाउनु स्वभाविक भएको बताए । “नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशबाट ल्याउनुहुन्छ ? सर्वोच्चले रोक्छ भन्ने थाहा हुँदाहुँदै ल्याइएको हो । मधेसका केही नेतालाई सरकारमा सहभागी गराउन ल्याइएको हो,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...