मेलम्चीमा बाढी आउनुको कारण पत्ता लाग्यो, भेमाथाङ्ग चौरको २५ प्रतिशत खोलामा झरेको निष्कर्ष

1,079

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी दिएको छ ।

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएको हो । गाउँपालिकाको वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको जनाएको छ।

विज्ञ डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भाग पहिरो जानसक्ने यकिन नभएको जानकारी दिँदै थप बाढी अउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अुनरोध गरेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...