खेलकुदमन्त्री मियाँ भन्छन्, ‘खेलकुद क्षेत्रलाई राम्रो बनाउने मेरो चाहना हो, सुझाव दिनुस्’

308

काठमाडौं । युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले खेलकुद क्षेत्रलाई राम्रो बनाउन चाहेको बताएका छन् ।

शनिबार ‘ओलम्पिक डे २०२१’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले युवा तथा खेलकुद मन्त्रालयलाई राम्रो बनाउन सरोकारवालासँग सुझाव माग गरेका छन् । आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनका लागि भएकाले त्यसका निम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्को नियमावली बनाउनका लागि छिट्टै टिम तयार पार्ने मन्त्री मियाँले जानकारी गराए । “मन्त्रालयलाई अझ राम्रो कसरी लान सकिन्छ भन्नेमा मेरो ध्यान छ, खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझव दिनुस्,” उनले भने,“राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको अवस्थामा नियमावलीका लागि टिम तयार गर्दैछु ।”

आफूले कानुन विज्ञ, खेलका विज्ञहरुलाई ड्राफ्ट उपलब्ध गराउने जानकारी दिँदै मन्त्री मियाँले त्यसमा अझ सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा राय, सुझाव दिनसमेत आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...