भक्तपुर । भक्तपुरको इँटा भट्टाको खाल्डोमा बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका–९ ताथलीमा राजु मछेका १० वर्षीय छोरा रोजनको शव भेटिएको हो ।
शुक्रबार बिहान ११ बजेतिर हराएको रोजनको शव शनिबार घर नजिकैको इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा जमेको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डले अनुसन्धान अधिकृतको टोली खटी गइ घटनास्थल तथा शव जाँच मुचुल्काको कार्या गरिएको छ ।
शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र घटना सम्बन्धमा भइरहेको परिसरका डिएसपी दीपक गिरीले जानकारी दिए ।