अयरल्यान्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

489

काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

नेपालस्थित युरोपेली युनियनको कार्यालयद्वारा प्राप्त तथ्याङ्कअनुसार आयरल्यान्डले ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएमपी एयरफ्लो मेसिन, ४०० वटा पल्स अक्सिमिटर, ५० रेस्पिरेटरी मोनिटर, ५० वटा डेफिब्रिलेटर, १०० थर्मोमिटर, ७२८ अक्सिजन रेगुलेटर,, ३९८ एयर रेगुलेटर, ९९ हजार ७५० प्रोटेक्टिभ कोभेसल, २ लाख १ हजार ६ सय फेसियल मास्क र १० लाख ८ हजार सर्जिकल मास्क रहेको छ ।

यस्तै, डेनमार्कले ५० वटा नासल अक्सिजन कानुलस, ९६ हजार भिसोर, ९६ हजार आइसोलेसन गाउन र ९६ हजार एफएफपीटु मास्क सहयोग गरेको हो । ती सामग्रीहरु युरोपेली युनियन (इयू)को सिभिल प्रोटेक्सन संयन्त्र अन्तर्गत नेपाललाई प्राप्त भएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिबद्धता जनाए । नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सबैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...