भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसकाे निर्णय

347

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका÷नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गते गरिने निर्णय गरिएको कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्धरुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...