विपक्षी ५ दलको गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

367

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निष्कर्ष छ ।

कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) माधव कुमार नेपाल समूह, जनता जमाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–डा.बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषयमा साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा. शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर, शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिकरुपमै गठबन्धनमा आबद्ध दलहरुसँग सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...