एमाले महासचिव पोखरेलले गरे आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

193

काठमाडौं । नेकपा एमालेका महासचिव एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन् ।

महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बूढानिलकण्ठ नगरपालिका–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिएका हुन् । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बूढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...