कर्णालीका ३ जना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

417

काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेशका ३ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएको माधव कुमार नेपाल समूहका ३ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको आचरणविरुद्ध नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा रही रहेकाले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको छ । साथै सर्वोच्चबाट पुनःस्थापित चारै जनालाई संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न पनि निर्देशन दिएको छ ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा सहभागी भएका नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर बहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।

नेपाल समूहका सांसद्ले गत वैशाख ३ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...