कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

434

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बिहीबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संसोधीत महाधवेशन कार्यतालिकालाई निचोड दिने बताइएको छ ।

यसअघि बिहीबार बसेको बैठकमा १४औँ महाधिवेशनको संसोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।

नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भदौ १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।

यता, क्रियाशील छानबिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई क्रियाशील सदस्य उपर उजुरी गर्ने समय ताकिएको छ ।

पार्टीमा क्रियाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...