सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टीबाट निष्कासन

178

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको जसपाको कार्यकारिणी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि यादव समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । बिहीबार बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी भएका जसपाका बाँकी नेताहरुलाई निष्कासनको निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना संसद्लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...