बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

415

देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सामान्य घरयासी विवादका कारण बुधबार बुलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकोमा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।

आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...