पेस्तोलसहित उदयपुरबाट एकजना पक्राउ

198

उदयपुर । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउन्डको पेस्तोलसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउन्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

परशुराम पहिला विसं २०६० देखि यता २०७७ सम्म पूर्वनेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भएको कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानुनीरूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर संघीय समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ ।

अवैध पेस्तोल तथा गोलीसहित उनको साथबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद आठ थान, नेकपा (माओवादी केन्द्र) लेखिएको रसिद तीन थान र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको रसिद तथा पत्र ८५ थानसमेत प्रहरीले बरामद गरेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...