राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पोखरेल र मनाङे

363

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ गएका छन् ।

मुख्यमन्त्री पोखरेलसहित मन्त्री राजीव गुरुङ‘दीपक मनाङे’ र सांसद् चिन्त बहादुर घले पनि औषधि, खाद्य सामग्री र टेन्ट लिएर मनाङ गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्रालयको मसन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरेर मुख्यमन्त्री पोखरेलसहितको टोली मनाङ गएको हो ।

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमितामा राख्दै उनीहरुको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

अविरल वर्षापछि डुबान हुँदा त्यहाँका ३ सय परिवार विस्थापित भएका छन् । वर्षापछि त्यहाँ ताचै जाने बेलिब्रिज, थोंचे–चिल्लेतिर जाने झोलुङ्गे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको थियो ।

यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नम्बर ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका ५ वटा होटल बगाएका थिए । मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुबानमा गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...