उपप्रमुख खड्गीसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरपालिकाको नगरपरिषद्‌ बहिस्कार

209

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिस्कार गरेको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‌मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपप्रमुखसहित जनप्रतिनिधिले परिषद् बहिस्कार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियभामा बोलाइएको थियो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारिन नै नभएको नीति तथा कार्यक्र परिषद्‌मा लैजान लागेको भन्दै आफूहरुले बहिस्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

नगरपरिषद्‌ बहिस्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरुसमेत रहेका छन् । नगरपरिषद्‌मा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।

कांग्रेसका जनप्रतिनिधिहरुले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्त्र गराउनुपर्ने, वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाइमा क्रियाशील बनाउनुपर्ने, करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्नेलगायत माग राखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...