दिल्ली उड्नुअछि खनालले ओलीलाई भने, ‘हिजोका तीता–मीठा बिर्सेर पार्टी एकता जोगाउनुस्’

435

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गरेका छन् । दुई नेताबीच केहीबेर कुराकानी भएको थियो । खनालका स्वकीय सचिव अच्युत खनालका अनुसार हिजोका सबै तीता–मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनको भनाइ थियो, “म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् ।”

खनाल उपचारका लागि बुधबार नै नयाँ दिल्ली उडेका छन् ।

खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो । वैशाख २७ गते कोरोनामुक्त भएका थिए । तर, स्वास्थ्य समस्या भएपछि पुनः तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...