ईश्वर पोखरेललाई खनालले भने, ‘तपाईं पार्टी मिलाउन लाग्नुहोस्’

399

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

केही दिनदेखि अस्वस्थ भइ नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई महासचिव पोखरलले बुधबार अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

नर्भिक अस्पतालमा उपचाररत नेता खनाललाई भेट्न पुगेका महासचिव पोखरेललाई खनालले एमालेलाई मिलाउनेतर्फ लाग्न आग्रह गरे ।

महासचिव पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार भेटमा नेता खनालले पोखरेललाई भने,“तपाईं पार्टी मिलाउनुस् कमरेड !”

जबाफमा पोखरेलले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विषयमा सरसल्लाह गरेर अघि बढ्ने बताए । “तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौँ !” महासचिव पोखरेलले भने ।

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...