जसपा अध्यक्ष महन्थ ठाकुरले थपे आफूनिकट १७ कार्यकारिणी सदस्य

331

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत गरेका छन् ।

कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन मनोनीत गरेको सबैजना ठाकुर र राजेन्द्र महतो निकट रहेका छन् । जसमध्ये ठाकुरनिकट ११ जना र महतोनिकट ७ जना रहेको जसपाका एक नेताले बताए । जेठको पहिलो साता नै ठाकुरले आफ्नो पक्षका सदस्य थपेको उनले बताए ।

ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवनिकट कार्यकारिणी सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरुलाई कार्यकारिणी समितिमा राखेको एक नेताले बताए ।

यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका यादवले कार्यकारिणी समितीको बैठक बोलाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...