उपेन्द्र यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणी बैठक

354

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा उपस्थिति हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ ।

यादव पक्षले अध्यक्ष ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरुले जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...