गण्डकीले ल्यायो ३० अर्ब ३ करोडको बजेट, अघिल्लो वर्षभन्दा ४ अर्ब कम [पूर्णपाठ]

348

गण्डकी । गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपालीले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुभएको हो । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकोमा भन्दा ४ अर्ब रुपैयाँले घटेर ल्याइएको छ ।

अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेटको आकार पनि खुम्चिएको हो ।

चालुतर्फ ४३ दशमलव ५ प्रतिशत र पूँजीतर्फ ५५ दशमलव ७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष२०७८/७९ को बजेटमा स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिएको मुख्यमन्त्री नेपालीले बताए ।

गण्डकी प्रदेश बजेट २०७८-७९
Share This:
सम्बन्धित खबर
Loading...