हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखर उक्त रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्ब १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीयतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश बजेट