महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि सुरु

436

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसीपका लागि नेपाली टोलीले मंगलबारबाट त्रिपुरेश्वरस्थित कबर्ड हलमा बन्द प्रशिक्षण सुरु गरेको हो । एसियन च्याम्पियनसीप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुने छ ।

नेपाल भलिबल संघ (एनभिए) ले टिमको बन्द प्रशिक्षण कोरोना महामारीलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरु गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आइनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।

संघले चैतमा सम्पन्न पाँचौँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गरिन् । डेड महिनाको रेष्टपछि प्रशिक्षण सुरु भएको र आफूहरु उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने बताइन् ।

त्यस्तै खेलाडी प्रतिभा मालीले एसियन सिनियर महिला खेल्न उत्साहित रहेको बताइन् ।

बन्द प्रशिक्षणका लागि संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...