पेट्रोलियम व्यवसायी भन्छन्– पेट्रोल बिक्री रोक्ने निर्णय भएको छैन

201

काठमाडौं । देशरभरका पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पम्पहरुले तेल बिक्री रोक्ने कुनै निर्णय नभएको जनाएको छ ।

तेल बिक्री नहुने भन्नेबारे आएका हल्लाहरु राष्ट्रिय एसोसिएसनसँग सहमति र छलफल गरेर नभएको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए ।

“पम्पहरुले पेट्रोल बिक्री रोक्ने र निगमबाट खरिद पनि नगर्ने कुनै निर्णय भएको मेरो जानकारीमा छैन,” अध्यक्ष प्रधानले भने । कसैले कुनै निर्णय गरेको भए आधिकारिक राष्ट्रिय एसोसिएसनलाई जानकारी गराउनुपर्ने पनि अध्यक्ष प्रधानले बताए ।

खोप नदिए निगमसँग तेल नकिन्ने र उपभोक्तालाई तेल बिक्री नगर्ने निर्णय भएको कुरा सत्य नभएको महासचिव विश्वप्रसाद अर्यालले बताए ।

अहिले ट्यांकर चालक तथा सहचालकले खोप लगाउने र बिस्तारै पम्पका कर्मचारीले पनि खोप पाउने गरी निगमसँग छलफल चलिरहेको महासचिव अर्यालको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...