प्रधानमन्त्रीका सल्लाहकार थापा र माओवादी प्रवक्ताबीच जुहारी

266

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सामाजिक सञ्जालमा जुहारी परेको छ ।

माओवादीका प्रवक्ता श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको टिप्पणी ट्विटरमा गरेपछि सल्लाहकार थापाले जबाफ फर्काएका छन् ।

“अदालत, निर्वाचन आयोगलगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? अनि निर्णयपछि यसरी भत्र्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें,” थापाले जबाफ फर्काउँदै लेखेका छन् ।

यसअघि प्रवक्ता श्रेष्ठले लेखेका थिए, “निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ ।”

जनता समाजवादी पार्टी (जसपा) अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारबाही गरेको विवरण निर्वाचन आयोगले अद्यावधिक नगरेपछि माओवादी प्रवक्ता श्रेष्ठनले असन्तुष्टि व्यक्त गरेको हुन् । आयोगले दुवै अध्यक्षमध्ये कसैको कारबाहीलाई पनि मान्यता दिएन ।

Share This:
सम्बन्धित खबर
Loading...