अस्पताल प्रशासनले तलब उपलब्ध गराउने आश्वासन दिएसँगै स्वास्थ्यकर्मीको प्रदर्शन रोकियो

397

नेपालगञ्ज । अस्पताल व्यवस्थापनले तलब उपलब्ध गराउने आश्वासन दिएपछि नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले विरोध प्रदर्शन स्थगित गरेका छन् ।

यसअघि सोमबार बिहान फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलित भएका थिए ।

उनीहरुले नियमित तलब पाउनुपर्ने, तलब वृद्धि हुनुपर्ने, कोभिडको समयमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागहरुसहित सोमबार अस्पतालमा विरोध प्रदर्शन गरेका थिए ।

कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पताल व्यवस्थापनले असार २ गतेसम्म तलब उपलब्ध गराउने आश्वासन दिएपछि प्रदर्शन रोकेको बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ४ वर्षदेखि तलब वृद्धि नभएको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...