नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु संविधान विपरीत हुने कांग्रेसको ठहर

325

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ ।

वैद्यमाथि आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनसम्बन्धी जाहेरी परेपछि विज्ञप्ति निकालेर संसदीय दलले उनीमाथिको जाहेरी दर्ता गर्नु संविधानको बर्खिलाप हुने जनाएको हो ।

संविधानको धारा १८७मा प्रदेशसभाको विशेष अधिकारको उपधारा १ अनुसार पूर्ण वाक स्वतन्त्रताको उपयोग गरी बोलेको विषयमा जाहेरी दर्ता गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

संविधानको धारा उपभोग गरी बोलेको विषयलाई लिएर सांसदमाथि जाहेरी दर्ता गर्नु प्रदेशसभाको मानहानी भएको कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ । वैद्यमाथि मुद्दा दर्ता गरेर प्रहरी अनुसन्धान अधिकारीले संवैधानिक मूल्य मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पुर्याएको पार्टीको ठहर छ । कानुनविपरीत भएको जाहेरी दताएको कांग्रेसले भत्र्सना गर्दै आवश्यक परेको खण्डमा प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

यस्तै, कांग्रेसले वैद्यले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट समेत हटाइसकिएको स्मरण विज्ञप्तिमा गराएको छ ।

जेठ २८ गते बागमती प्रदेशसभा बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीको गतिविधिले सीमा नाघेकाले नाथुराम गोड्से आवश्यक रहेको र कोही तयार नभए आफैँ बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से माहात्मा गान्धीको गोली हानी हत्या गर्ने व्यक्ति हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...