एमालेले बोलायो स्थायी कमिटी बैठक, नेपाल समूहलाई पनि निम्तो

186

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग फलफलपछि बैठक बोलाएका हुन् ।

असार २ गतेका लागि बोलाइएको बैठकमा माधव कुमार नेपाल–झलनाथ खनाल समूहलाई पनि निमन्त्रणा गरिने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

२ गतेको बैठक अगाडि खनाल–नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...