प्रदेश १को नीति तथा कार्यक्रम बहुमतले पारित

353

विराटगनर । प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा मुख्यमन्त्री राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोसी नदीमा रहेको खुवालुङको संरक्षण गरिने दोहोर्याए । मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नु पर्ने बताए।

आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले जनताको सुरक्षाका लागि कोरोनाविरुद्धको खोप आफैँले किनेर ल्याउने विषय कति सम्भव छ ? भन्दै त्यसका लागि प्रयत्न गर्ने र सम्भव भए अरु धेरै कार्यक्रम रोकेर भएपनि खोप ल्याएर जनताको जीवनरक्षाका लागि पहल गर्ने बताए । उनले मेची अस्पताल, धनकुटा अस्पताललगायतमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी पूर्वाधारमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताए ।

मुख्यमन्त्री राईले कोसी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रदेशस्तरीय प्रसूति तथा महिला रोग उपचार केन्द्रको रुपमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक असार १ गते बोलाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...