कांग्रेसले टुंग्यायो थप ६५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता

227

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ६५ वटा निर्वाचन क्षत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले ३३ जिल्लाका ६५ क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाएको हो ।

छानबिन समितिका सचिव केशव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील सदस्यता टुंगिसकेको छ । शनिबार बसेको छानबिन समितिको बैठकले थप जिल्लामा विवादको अन्त्य गर्दै क्रियाशील सदस्यको विवरण अघि बढाएको हो ।

आउँदो भदौमा हुने १४औँ महाधिवेशनका लागि कांग्रेसले ५० प्रतिशत थपेर क्रियाशील सदस्यलाई अन्तिम रुप दिइरहेको छ । शनिबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतालाई टुंग्याउन असार २० गतेसम्म समय दिने निर्णय गरेको छ ।

No photo description available.

No photo description available.

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...