ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित, गल्ती स्वीकार्दै मिलापत्र

274

सुर्खेत । गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ ।

सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हो ।

तर, शाहीले आफूहरुले मादक पदार्थ सेवन नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेका कारण अल्कोहल पोजेटिभ देखिएको जिकीर गरेका छन् ।

यो घटना मिलाउन आइतबार बेलुका वडा नम्बर १३ का अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियन्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो ।

बैठकका क्रममा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो । त्यसलगत्तै प्रहरी हिरासतमा रहेका युवाहरु छुटेका छन् । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...