प्रधानमन्त्रीबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, दैनिक ६० मेट्रिक टन उत्पादन हुने

294

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् ।

रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरुपमा शिलान्यास गरेका हुन् ।

प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने बताइएको छ । ७ हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने क्षमताको प्लान्टमा उद्योगी शंकर अग्रवालको लगानी रहने जनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरमा अक्सिजनको अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको उल्लेख गरे ।

देशभित्र अक्सिजनको पर्याप्त उत्पाद गर्ने सोचबाटै सरकारले हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्यरुपमा आफैँले अक्सिजना प्लान्ट राख्नुपर्ने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...