दीपक मनाङेबारे पूर्वमुख्यमन्त्रीको टिप्पणी : सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्

363

गण्डकी । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैँले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको बताएका छन् ।

आइतबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले आफूलाई ‘धोका’दिएको बताएका हुन् ।

गुरुङले आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको शपथ दिलाउन भूमिका खेलेको भन्दै उनले भने,“सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।

गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री बनाएका थिए । तर, पछिल्लो पटक उनले कित्ता परेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ ।

गुरुङले आफूलाई योभन्दा ठूलो धोका अरु नहुने बताए । रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले यसरी धोका दिने भन्दै उनले भने,“धतुरोको बोट आँगनमा रोपेर अतृत फल्दैन भनेको यहीँ हो ।”

Share This:
सम्बन्धित खबर
Loading...