चित्रबहादुर केसीले भने, ‘गण्डकी प्रदेश सरकारमा जनमोर्चा सहभागी हुँदैन’

214

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रदेश सरकारमा पार्टी सहभागी नहुने तर सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताए ।

अध्यक्ष केसीले आइतबार एक वक्तव्य जारी गर्दै ‘प्रतिगमनको मतियार बनेको’ गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धनलगायत सबैलाई बधाईसमेत दिएका छन् ।

“केन्द्रमा संविधानको धारा ७६को उपधारा ५ बमोजिको सरकार गठनका लागि जसरी केपी शर्मा ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकरणले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो,” केसीले भनेका छन्,“त्यो षड्यन्त्रलाई प्रतिगमन विरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो ।”

जनमोर्चाले नयाँ सरकारलाई समर्थन रहने स्पष्ट पारेको छ । नयाँ सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको जनमोर्चाले सरकारमा सामेल नभइ गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने जनाएको छ ।

“उक्त सरकारमा पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुने छ,” केसीले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...