गोरू काटेको अभियोगमा १० जना पक्राउ

337

गलकोट । गोरु काटेको अभियोगमा गलकोट नगरपालिका ११ ठूलपोखरीका १० जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गलकोट ११ ठूलपोखरीका ३१ वर्षीय विष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लाल बहादुर श्रीष, ३२ वर्षीय मोहन श्रीष, ३८ वर्षीय तुल बहादुर श्रीष र ३० वर्षीय यम बहादुर श्रीष छन् । यसैगरी, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच, २८ वर्षीय बल बहादुर बिक र ४४ वर्षीय बेल बहादुर श्रीष छन् ।

शुक्रबार राति गलकोट ११ ठूलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सनिबार जिल्ला सदरमुकाम झिकाएको कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...