कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दै

318

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीइ कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्य सचिव पौडेलले बताए ।

कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्इ तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...