गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ मन्त्रीले लिए शपथ, सबै मन्त्री बिनाविभागीय

382

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री नेपालीसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीता कुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

मन्त्री बन्नेमा नेपाली कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रकी मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’ छन् । उनीहरु कसैलाई पनि मन्त्रालय तोकिएको छैन । सबैले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री नेपालीले आफूलाई समर्थन गर्ने दलका एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढेका हुन् ।

गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर, पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...