गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

462

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिक उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेलले आजै मन्त्रिमण्डल बनाएर शपथग्रहण गर्ने भएका छन् ।

वैशाख २९ मा दोस्रोपटक मुख्यन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसादबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समयसीमा राखेर दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

सोहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद् सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...