गण्डकी । मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय सरकारको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रदेश प्रमुख सीत कुमारी पौडेललाई भेट्नु अघि उनले केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको बताएका हुन् । उनले आफ्नो दाबेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले ‘फेक डकुमेन्ट’ पेस गरेको पनि आरोप लगाए ।
“हामीले दर्ता गरायौँ । सनाखत गरायौँ । अहिले पनि हामी तयार छौँ । यति हुँदाहुँदै पनि ‘अँधेरी नगरी चौपट राजा’ गर्ने अवस्था हो भने निर्लज्जता, राजनीतिक बेइमानी, अलोकतान्त्रिक र असंवैधानिक अधिनायकवादी शैली हो भन्नुपर्छ,” नेपालीले भने ।
त्यो नभएर आगामी दिनमा हामी वैधानिक र कानुनी बाटोबाट अगाडि बढ्ने उनको भनाइ थियो ।
आफूलाई समर्थन गर्ने सांसद्को टोलीसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।