मल्लारानीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

482

प्युठान । कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ१झ ५ नम्बरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक तुलसीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

कच्ची सडकमा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटना भएको गैरेले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...