वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन : गगन थापा

357

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार प्रदेशसभा बैठकमा वैद्यले दिएको अभिव्यक्तिप्रति उनले कांग्रेसभित्र हिंसालाई स्थान नहुने स्पष्ट गरेका छन् ।

“नरोत्तम वैद्यको प्रदेशसभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन,” थापाले ट्विटरमार्फत् भनेका छन्, “मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।”

Share This:
सम्बन्धित खबर
Loading...