ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने पाँचजना पक्राउ

348

सुर्खेत । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराति ११ बजे आक्रमण भएको हो ।

आक्रमणमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ ।

शाहीको समूह र स्थानीयबीच झडप भएको सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्टले बताए । “यो आक्रमणभन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ,” एसपी भट्टले भने । उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृण्ढा पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बिसी र खगेन्द्र बजगाईँमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...