गण्डकीमा मुख्यमन्त्रीको दाबी पेस गर्न कृष्णचन्द्र पुगे प्रदेश प्रमुखको कार्यालय
काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्न नेपाली कांग्रेसका सांसद् कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ‘दीपक मनाङे’सहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका र जनता समाजवादी पार्टीका २–२ जना सांसद् रहेका छन् ।
प्रदेश प्रमुख सीत कुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर आह्वान गरेपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित भएका हुन् ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले शुक्रबार संविधानको धारा १६८(५)अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।