काठमाडौं । गण्डकी प्रदेशका विपक्षी गठबन्धन बहुमत सांसद्को हस्ताक्षर लिएर आजै सरकारको दाबी गर्न प्रदेश प्रमुखकोमा जाने भएका छन् ।
नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा बहुमत सदस्य प्रदेश प्रमुखकहाँ सशरीर उपस्थित हुने भएका हुन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिने बताइएको छ । अहिले केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।
जनमोर्चाका सांसद् कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जनाले बहुमत पुग्दछ ।
प्रदेश प्रमुख सीत कुमारी पौडेले संविधानको धारा १६८(५)बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका र जनता समाजवादी पार्टीका २–२ र स्वतन्त्र सांसद राजीव गुरुङ‘दीपक मनाङे’ रहेका छन् ।