दाङमा कुलो विवाद हुँदा गोली चल्यो

262

दाङ । कुलोपानीको विषयमा विवाद हुँदा तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलोका विषयमा विवाद हुँदा स्थानीय पूर्ण बहादुर ओलीले गोली चलाएको प्रहरीले जनाएको छ । गोली भने कसैलाई नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले जानकारी दिए ।

भारतमा बस्दै आएका ओली केही दिन अघि मात्रै घर आएका थिए । उनले भारतबाट आउने बेला पेस्तोल लिएको प्रहरीले जनाएको छ ।

एक राउन्ड गोली चलाएपछि ओली मोटरसाइकलमा भागेका थिए । प्रहरीले उनलाई टिकारी भन्ने स्थानबाट नियन्त्रणमा लिएको डिएसपी सिंहले जानकारी दिए ।

घटनाका बारेमा अनुसन्धान गर्न बाँकी रहेको डिएसपी सिंहले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...