थप ३ हजार ७४९ जनामा संक्रमण, ५ हजार २९३ कोरोनामुक्त

काेराेना अपडेट

370

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८५.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...