काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरुलाई मन्त्रिपरिषद्मा समावेश गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वाला कुमारी साह कृषिमन्त्री बन्न लागेकी छन् ।
साह तत्कालीन माओवादीबाट प्रदेशसभा–२ मा सांसद् निर्वाचित भएकी थिइन् । बाराबाट सांसद् निर्वाचित साह नेकपा हुँदा बाराकी सहइञ्चार्ज थिइन् ।
नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीसहित ४ जनालाई सांसद् पदबाट हटाइदिएका थिए ।