दक्षिण अफ्रिकी महिलाले १० सन्तानलाई दिइन् जन्म

366

एजेन्सी । एकजना दक्षिण अफ्रिकी महिलाले दश जना सन्तानलाई जन्म दिएकी छन् । यसअघि एक जना अमेरिकी महिलाले सन् २००९ मा आठ जना शिशुको जन्म दिएकी थिइन् ।

उक्त दुलर्भ घटना ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा सूचीकृत छ । गत महिना मात्रै मोरक्कोकी एक जना २५ वर्षीया महिलाले नौ सन्तानको जन्म दिएकी थिइन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफ्रिकी महिला गिसैमे थिमारा सिथोलेले सोमबार दश सन्तानको जन्म दिएकी हुन् । दक्षिण अफ्रिकाको प्रिटोरियामा एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

सुत्केरी भएकी सिथोलेकी श्रीमानले एक महिना पूर्व गरिएको ‘स्क्यान’मा आठ जना मात्रै देखाएकोमा जन्म हुँदा दश शिशु रहेकोमा आश्चर्यमा परेको प्रतिक्रिया दिए । सिथोलेको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाइएको छ । चिकित्सकले दुई शिशु अन्य नलीमा रहेको पछि मात्रै थाहा पाएका थिए ।

जन्मिएका शिशुमा सात छोरा र तीन छोरी छन् । सिथोलेकी श्रीमानले भने, “म धेरै कुरा गर्न चाहन्न, यद्दपी अत्यन्तै भावुक र खुसी छु ।” बीबीसीसँगको कुराकानीमा परिवारका एक जना सदस्यले जन्मिएका दश शिशुमध्ये पाँचको प्राकृतिक विधिबाट र पाँच शल्यक्रियाबाट निकालिएको बताए ।

स्क्यानबाट गर्भमा रहेको बच्चाको संख्या जानकारी पाउँदा गर्भमा कसरी बस्ने र कसरी बाँच्ने आफैँमा कौतुहलता जागेर चिन्तित हुन पुगेको प्रतिक्रिया दिएका थिए ।

३७ वर्षीया सिथोलेले यसअघि जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । जुम्ल्याहा शिशु हाल छ वर्षका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...