गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

451

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभाबाट बहुमत पाउन ३१ जना सांसद्को साथ चाहिन्छ । तर, मुख्यमन्त्री गुरुङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सासद् छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा गुरुङको विकल्प खोजेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, नेकपा (माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाको गठबन्धनले अगाडि सारेपनि जनमोर्चाका ३ सांसद् एकजुट छैनन् ।

विपक्षी गठबन्धनलाई पनि बहुमत जुटाउन चुनौती छ । विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन एक मत आवश्यक छ ।

प्रदेशमा माधव कुमार नेपाल पक्षका सांसद्को संख्या एक जनामात्र छ । उनले मुख्यमन्त्री गुरुङलाई ने सघाउने यसअघि नै बताइसकेका छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई मत नदिन आफ्ना सांसद्हरुलाई बुधबार ह्विप जारी गरेको छ ।

प्रदेशमा एमालेका २७, कांग्र्रेसको १५, माओवादीका सभामुखसहित १२, जनामोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद् छन् ।

Share This:
सम्बन्धित खबर
Loading...